राष्ट्रिय एकता भ्रमणमा जलढाकाका विद्यार्थीहरूको राष्ट्रपति द्रौपदी मुर्मुसंग भेट

राष्ट्रिय एकता भ्रमणमा जलढाकाका विद्यार्थीहरूको राष्ट्रपति द्रौपदी मुर्मुसंग भेट

कालिमन्यूज, कालेबुंग, २७ जुलाई २०२४: कालेबुंग जिल्लाको जलढाका उच्चत्तर माध्यमिक विद्यालयका १८ जना विद्यार्थीहरूले २५ जुलाई २०२४ को दिन राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा भेट गरे।  २०औं माउन्टेन डिभिजन (किरपान डिभिजन), बिन्नागुडीको ५औं राजपुताना राइफल्सद्वारा आयोजित राष्ट्रिय एकता भ्रमणका सहभागी भएर यी विद्यार्थीहरूलाई भारतका राष्ट्रपतिसंग अन्तर्क्रियाको विशेष अवसर प्राप्त गर्न सकेका थिए।

कक्षा नवौ र दशौका ९ जना छात्र अनि  ९ जना छात्राहरू समावेश भएको टोलीमा शिक्षक बिकाश थापा र अरुणध्वती बसु पनि सामेल थिए। २१ जुलाईको दिन जलढाकाबाट सुरु भएको ११-दिने यात्राको चार दिन पछि, २५ जुलाईको दिन राष्ट्रपति मुर्मुसँग भेट गरे पछी विद्यार्थीहरूको  भ्रमण जारी नै रहेको छ। टोलीले राष्ट्रपति मुर्मुलाई एक स्मृति चिन्ह पनि भेट गर्यो।

भेटको समय, विद्यार्थीहरूले राष्ट्रपतिसँग अन्तरक्रिया पनि गरे भने उनीसँग स्मरणीय क्षणहरू पनि साझा गर्ने अवसर प्राप्त गरे। राष्ट्रपति मुर्मुका प्रेरणादायी शब्दहरू र प्रोत्साहनले विद्यार्थीहरूमा गहिरो प्रभाव पारेको छ, जसले उनीहरूलाई उत्कृष्टता प्राप्त गर्न र समाज र राष्ट्रमा सकारात्मक योगदान दिन प्रेरित गरेको छ। दुई विद्यार्थी, अनुराधा शर्मा र विधान रायले पनि राष्ट्रपति मुर्मुसँग आफ्ना यात्रा अनुभवहरू साझा गर्ने अवसर पाए।

जलढाका उच्चत्तर माध्यमिक विद्यालयले यस प्रतिष्ठित राष्ट्रिय एकता भ्रमणका लागि आफ्नो विद्यालयलाई चयन गरेकोमा ५ औं राजपुताना राइफल्स  २०औं पर्वतीय डिभिजनलाई हृदयपूर्वक आभार प्रकट गरेको छ।

स्मरण गराइन्छ  यसवर्षको १८ मार्चमा, जलढाका क्षेत्रको गैरीबास उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थीहरूले पनि यसै कार्यक्रममा राष्ट्रपति मुर्मुसँग भेट गर्ने सौभाग्य प्राप्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *